काठमाडौं, २६ भाद्र । १०० ग्रुपद्वारा १६७ दिनदेखि निरन्तर गरिबको सहारा बन्दै आएको छ । कोरोना भाईरस (कोभिड १९) का कारण सरकारले गत चैत्र ११ बाट पहिलो चरणको लकडाउन देशभर एकसाथ १२० दिनसम्म लागू गरेको थियो । भने दोस्रो चरणको निषेधाज्ञा श्रावण ३१ बाट सुरु गरिएको थियो, आजबाट केही खुकुलो गरेको छ । यि अवधिभरमा काठमाडौंमा दैनिक मजदूरी गरी खाने र उनका परिवार, अस्पतालका विरामी कुरुवा, सड्क बालबालिकाहरु, मागी खानेका परिवारलगायतहरुलाई रत्नपार्क (वीर.अस्पताल) अगाडि रहेको बसपार्कको खाली ठाउँमा १०० ग्रुपले खाना खुवाई रहेको छ ।
१०० ग्रुपका करिब २५ जनाको समूहरुले दैनिक ६ सय जनालाई खाना खुवाईरहेको ग्रुपका संस्थापक अंशु यादव बताउँछन् । यादव भन्छन्– ‘हामी खाना, तरकारी, दाल, अचार, दही र सलाद तयार गरी दैनिक ४ बजे यहाँ आईपुग्छौं र असहाय, निमुखा, एकल महिला, दैनिक जेला मजदूरी गरी विहान बेलुकाको छाक टार्ने परिवारहरु, वीर अस्पतालका विरामी कुरुवाहरु र खान नपाएका जो–जो आउनुहुन्छ उहाँहरुलाई खाना खुवाउँदै आएका छौं । यो सामाजिक अभियानमा थुप्रै सहयोगी मनहरुको हातहरुको साथ रहेको छ, यहाँ खाना खान आउनेहरुले काम पाएपछि हामी आपैm कमाउँछौं, श्रीमती छोरा–छोरीहरुलाई पाल्छौं, काम पाएर काममा फर्कन नसक्ने अवस्थासम्म हामीहरुलाई बचाउनुस् । उहाँहरुको यस्तो प्रकारको दुःखदपूर्ण आग्रहलाई हामी सम्मानका साथ ग्रहण गर्ने छौं र हामी निरन्तर खाना खुवाउने काम जारी राख्छौं ।’
१०० ग्रुपमा आबद्ध सहयोगी मनकी कविता खाती (केसी) भन्छिन्– “यो अभियानमा दैनिक २० हजारको हाराहारीमा खर्च हुन्छ, यो स्वदेश तथा विदेशमा रहेका मनकारीहरुको सहयोगमा निरन्तर जारी छ, हामीले विसुद्ध भेज खाना खुवाईरहेका छौं । आज मात्रै नेपाल विद्यार्थी संघका सागर शमशेर शाही ठकुरीले आफ्नो जन्म दिनको अवसर पारेर रु. १०,००० (दश हजार) सहयोग गर्नुभयो । यस्ता कोमल हृदयका हातहरुको निरन्तर सहयोग आउँदै छ ।”
खाना खाँदै गरेका सर्लाही घर भई हाल बागबजार बन्दै आएका झकास जुत्ता पालिस ( बुट पालिस) का रामनरेश महरा भन्छन्– “मैले सुरु देखि यहाँ निरन्तर खाना खाईरहेको छु, भेज खाना छ असाध्य मीठो छ, यस्ता तन्नेरी जवानहरुको गरिबलाई हेर्ने त्रिनेत्र खुलेको छ तर हाम्रो सरकारको आँखामा फुलो परेको छ देख्दैन्, यो १०० ग्रुप गरिबको सहारा बनेको छ ।”
हेटौंडा घर भई हाल काठमाडौंको ठमेल वरीपरी रिक्सा चलाई परिवारहरुको जिविकोपार्जन गर्दै आएका कुमार कार्की भन्छन्–”पहिलो पटकको लकडाउनमा जेन तेन गुजार गरियो, ग्राहक नपाएपछि साहुलाई दिनको एक सय दिन सकिएन अनि रिक्सा निकालेको छैन, त्यसपछि यही आएर सबै परिवार खाना खान्छौं ।” तस्विर : मुकुन्द कालिकोेटे, रिपोर्टर्स नेपाल डटकम