Logo

लायन्स क्लबसँगको सहकार्यमा बानियाँटार युवा समाजद्धारा रक्तदान कार्यक्रम आयोजना



काठमाडौं, २६ भदौ । बानियाँटार युवा समाजले लायन्स क्लबसँगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । समाजका अध्यक्ष प्रविन बानियाँले दिएको जानकारीअनुसार उक्त रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका थिए । काठमाडौँको टोखा नगरपालिका ८ जालुपाचोक रहेको कराँते हलको सभाकक्षमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा महानगरीय प्रहरी बृत्त महाराजगन्जका प्रहरी प्रमुख रोशन खड्का तथा बसपार्क बृत्तका प्रमुख सन्तोष कुमार दाहालको समेत उपस्थिती रहेको थियो । सो रक्तदान कार्यक्रमको उदेश्य आफू पनि बाँचौ अरुलाई पनि बचाउँ कोरोना विरुद्धको लडाइँमा तपाईं हाम्रो सहकार्य भन्ने थियो ।



प्रतिक्रिया दिनुहोस्