वीरगंज, २७ भदौ । पर्सा प्रहरीले लागूऔषध गाँजा/चरेस मुद्दाका फरार एकजनालाई पक्राउ गरेको छ । २०५७ माघ १८ गते पर्सा जिल्ला अदालतले लागूऔषध मुद्दामा ११ महीना कैद र रु ५ हजार जरिवाना तोकेपछि फरार रहेका पटेर्वासुगौली गाउँपालिका–४ बस्ने शम्भु चौधरीलाई इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले शुक्रवार पक्राउ गरेको हो ।
उनलाई गाउँमा लुकेको अवस्थामा प्रहरीले पक्राउ गरी अदालतमा पठाउने जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।