Logo

वीरेन्द्रले प्रयोग गर्ने गरेको एभ्रो विमान सडकमार्ग हुँदै नारायणहिटी लगिँदा जे देखियो (फोटोफिचर)



काठमाडौं, २७ भदौ । त्रिभुवन विमानस्थलमा थन्किएको नेपाली सेनाको एभ्रो विमानलाई नारायणहिटीमा राखिने भएको छ । त्यसको लागि आज उक्त एभ्रो विमान सडकमार्ग हुँदै नारायणहिटीसम्म लगिएको हो । यो विमान वि. सं. २०३१ मा नेपाल ल्याइएको थियो ।

यो विमान राजा वीरेन्द्रले आफ्ना भ्रमणहरुमा प्रयोग गर्ने गरेका थिए । यसअघि नै राजा वीरेन्द्रले प्रयोग गरेका हेलीकोप्टोर संग्राहलयमा राखिसकिएको छ । आज नारायणहिटी ल्याईएको एभ्रो विमानलाई संग्राहलयभित्रको ‘बदाम चौर’मा राखिने जनाईएको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्