काठमाडौं, असोज ४। कोरोना महामारीका कारण पटकपटक सरेको नेपाल उद्योग वाणिज्य महासंघको चुनाव मङ्सिरको दोस्रो साता हुने भएको छ । शुक्रवार बसेको महासंघ पदाधिकारी बैठकले मङ्सिर ११ र १२ मा महासंघको ५४औं साधारणसभा तथा नयाँ नेतृत्व चयन गर्ने निर्णय गरेको हो ।
पदाधिकारी बैठकले पारित गरेको चुनावको मिति महासंघको कार्यसमिति बैठकमा अनुमोदनका लागि पेश गरिँदै छ । साधारणसभा र चुनावका विषयमा छलफल गर्न असोज दोस्रो साता महासंघको कार्यसमिति बैठक बस्दै छ । सो बैठकले चुनावको मितिलाई अनुमोदन गर्ने महासंघका एशोसिएटतर्फका उपाध्यक्ष चन्द्र ढकालले बताए ।
‘त्यसअघि नै साधारणसभाका लागि सरकारसँग अनुमति लिने काम अघि बढ्छ । साथै, चुनाव कुन मोडालिटीमा कसरी गर्ने भन्ने तय पनि कार्यसमिति बैठकले नै गर्नेछ,’ उनले भने, ‘असोजको ११÷१२ गते कार्यसमितिको बैठक बस्दै छ ।’
यसअघि चुनावको मितिलाई लिएर दुई पक्षमा विभाजित भएको महासंघ मङ्सिरमा निर्वाचन गर्न शुक्रवारको बैठकमा एकमत देखियो ।
शुक्रवारको पदाधिकारी बैठकले चुनावको मिति मात्र तय गरेकोमा कुन मोडालिटीमा चुनाव गर्ने भन्नेबारे कार्यसमितिले निर्णय गर्ने महासंघका जिल्लानगर उपाध्यक्ष किशोर प्रधानले बताए । ‘सर्व सहमतिमा मङ्सिर अन्तिम साता चुनाव गर्ने भन्ने निर्णय भएको आजको आर्थिक अभियान दैनिकमा ख छ ।