वीरगंज, ४ असोज । वीरगंजमा आजदेखि सरकारी कार्यालयहरु सञ्चालनमा आएको छ । जिल्ला प्रशासन कार्यालय, पर्सा, वीरगंज महानगरपालिका, भूमिसुधार तथा मालपोत कार्यालय, नापी, यातायात, कोलेनिका लगायतको सरकारी कार्यालयले सुरक्षा मापदण्ड अपनाएर सेवाग्राहीलाई सेवा प्रदान गरेको छ ।
सरकारी कार्यालयमा छेकबार लगाएर सेवाग्राहीलाई सेवा दिइएको एकजना कर्मचारीले बताए । वीरगंजमा असोज १५ गतेसम्म निषेधाज्ञा छ । प्रशासन कार्यालयले सुरक्षा मापदण्ड अपनाएर आइतवारदेखि सरकारी कार्यालय सञ्चालन गर्न निर्देशन दिएको थियो । त्यस्तै वीरगंजमा लामो तथा छोटो दूरीका सवारीसाधनहरु पनि सुरक्षाको मापदण्ड अपनाएर सञ्चालन भएका छन् ।