Logo

बैंकिङ कसुर मुद्दाका फरार पक्राउ



पर्वत, २३ असोज । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ढुण्डीराज रिमाललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी कुश्मा आर्थरडाँडाखर्कका रिमाल पक्राउ परेका हुन् ।

उच्च अदालत तुल्सीपुर वुटवलको २०७६ बैशाख ८ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ७ लाख ७४ हजार ३ सय ९८ रुपैयाँ जरिवाना र ६ महिना कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा कास्की पोखरा स्थित औद्योगीक क्षेत्रबाट पक्राउ गरेको बताएको छ । उनलाई जिल्ला अदालत पर्वत बुझाएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्