Logo

लुटपाट गरेको अभियोगमा गेष्ट हाउस संचालकसहित पक्राउ



काठमाडौं, २५ असोज । लुटपाट गरेको अभियोगमा बिष्णु ढकाल लगायत ७ जना पक्राउ परेका छन् । काठमाडौं नयाँ वजारस्थित धारा गल्लीमा काभ्रे घर भएका हाल काठमाडौं बस्ने सूर्य तामाङको आधा तोला सुनको औंठी र नगद २६ हजार ६ सय रुपैयाँ लुटपाट गरेको अभियोगमा धादिङका हाल काठमाडौं म्हेपी बस्ने ढकाल लगायत ७ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

सूर्य तामाङ स्कुटरमा आईरहेको अवस्थामा ढकालले चलाएको बा.२ ज १२२५ नम्बरको ट्याक्सीमा सवार अपरिचित व्यक्तिहरुले तामाङको उक्त नगद र औंठी लुटपाट गरी फरार भएका थिए । महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले टोखा नगरपालिका मिलनटोलस्थित नमस्ते गेष्ट हाउसबाट उक्त नम्बरको ट्याक्सी, ट्याक्सी चालक, गेष्ट हाउस संचालक लगाएत ७ जनालाई फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्