Logo

प्रधानमन्त्री ओलीद्वारा सांसद पहाडीको निधनप्रति दुःख व्यक्त



काठमाडौँ, २८ असोज: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य सानु शिवा पहाडीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

“हाम्रो पार्टी नेकपाका तर्फबाट प्रतिनिधिसभा सदस्य, संस्कृतिकर्मी पहाडीको असामयिक निधन भएकोमा दुःख लागेको छ”, सामाजिक सञ्जाल ट्वीटरमा उनले भनेका छन् , “उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।”

लामो समयदेखि मिर्गाैला र मुटुको समस्याबाट पीडित उनको आज उपचारका क्रममा काठमाडौं मेडिकल कलेजमा निधन भएको हो । उनी २०७४ सालमा भएको निर्वाचनमा समानुपातिक तर्फ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)बाट सङ्घीय संसद्मा निर्वाचित भएका थिए ।-रासस



प्रतिक्रिया दिनुहोस्