Logo

पार्वत गुरुङलाई सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी



काठमाडौं, २८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद हेरेफेर गरेका छन् । प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद हेरेफेरमा विष्णु प्रसाद पौडेल, कृष्णगोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठ नयाँ मन्त्री बनेका छन् । पौडेललाई अर्थ, कृष्णगोपाललाई सहरी र लिलानाथलाई महिला बालबालिकाको जिम्मेवारी दिएका छन् ।  त्यस्तै, महिला, बालबालिका मन्त्री पार्वत गुरुङलाई भने सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएका छन् । र, रक्षा मन्त्रालयको नेतृत्व सम्हालेका ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा ल्याएका छन् । अरु, मन्त्रीहरुको जिम्मेवारी यथावत छ । File Photo



प्रतिक्रिया दिनुहोस्