Logo

प्रधानमन्त्रीलाई गगनको सुझाव : बरु संक्रमितको संख्या गन्ने बाहेक थप केही नगर्ने जानकारी गराइन्छ भन्नुहोस



काठमाडौं, ३ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगनकुमार थापाले स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितले आफ्नो उपचार आँफैं गर्नु भनेर गरेको निर्णयमाथि टिप्पणी गर्दै सरकारले बरु अब उपरान्त संक्रमितको संख्या गन्नेबाहेक थप केही नगर्ने जानकारी गराईन्छ भने हुने बताएका छन् ।

आज विहान सामाजिक सञ्जाल ट्विटरमार्फत नेता थापाले यस्तो लेखेका हुन् । उनले लेखेका छन्,‘स्वास्थ्य मन्त्रालयकाे पछिल्लो निर्णय”काेराेना संक्रमितले आफ्नो उपचार आफैं गर्नु”! यसरी हरेकदिन खुद्राखुद्रामा यस्तो निर्णय गर्नुभन्दा @PM_Nepalबरु सिधै भनिदिनुस्”सरकार स्वयं संक्रमित भएर आइसाेलेसनमा रहेकोले अब उपरान्त संक्रमितकाे संख्या गन्ने बाहेक थप केही नगर्ने जानकारी गराइन्छ ।” file photo



प्रतिक्रिया दिनुहोस्