Logo

राष्ट्रपति र प्रधानमन्त्रीको नाम भजाएर स्काउट प्रमुख आयुक्त लोकबहादुर भण्डारीको ब्रम्हलुट



काठमाडौं, ४ कार्तिक । नेपाल स्काउटका प्रमुख आयुक्त लोकबहादुर भण्डारीले शक्ति केन्द्रसँग आफ्नो निकट सम्बन्ध छ भन्ने देखाएर स्काउटभित्र ब्रम्हलुट गर्न थालेको गुनासो बढेको छ । उनी स्काउट छिरेदेखि नै विवादमा मुछिएका व्यक्ति हुन् । महँगो कलेज जेभियर ईन्टरनेश्नल कलेजका मालिकसमेत रहेका भण्डारीले पछिल्लो समय राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो अति नै निकट सम्बन्ध छ भन्दै देखाएर स्काउटमा ब्रम्हलुट गरिरहेको स्रोतको दाबी छ। भण्डारी झापाका स्थायी हुन् ।

स्काउटको केन्द्रीय कार्यालय, लैनचोरमा भाडा सम्झौता गरेर बसेका विभिन्न संघ÷संस्था र व्यापारी÷व्यवसायीहरू अहिले भण्डारीको कार्यशैली र व्यवहार देखेर आजित बनेका छन् । स्रोतकाअनुसार स्काउटमा आएदेखि नै प्रधानमन्त्री ओलीको नाम जोडेर भण्डारीले दादागिरी देखाउने र भाडा सम्झौता गरेर बसेका व्यवसायीहरुलाई दुःख दिन सुरु गरेका थिए ।

कतिसम्म भने भण्डारीले तक्मा बनाई बाँडेर ब्रम्हलुट गरेको पनि गुनासो स्काउटभित्र सुनिन थालेको छ । भाडा सम्झौता गरेर बसेका व्यवसायीहरुलाई त्यहाँबाट निकाल्ने उद्देश्यले उनले धेरैपटक दुःख दिने काम पनि गर्दै आएका छन् । गत शनिबार विहान उनले स्काउट परिसरमा लाईन नै काटिदिएका थिए । जसको कारण त्यहाँ होटल÷रेष्टुराँ र पार्टी प्यालेस सञ्चालन गरेका व्यवसायीहरुलाई ठूलो क्षति पुगेको छ । उनले नियतवश नै यस्तो गलत हर्कत गर्ने गरेको व्यवसायीहरुको आरोप छ ।

भण्डारीले स्काउटको नाममा बाहिरबाट समेत पैसा उठाएर आफुखुशी गर्ने गरेका छन् । उनी प्रमुख आयुक्तको रुपमा आएदेखि नै स्काउटभित्र आर्थिक अपारदर्शीता बढ्न थालेको छ । अहिले स्काउटमा ठूलो भ्रष्टाचार भएको स्रोतको दाबी छ । भण्डारीकै नेतृत्व र जोडबलमा गलत काम हुने गरेको र दिनप्रतिदिन स्काउटको ईतिहास, गौरव र अस्तित्वमा दाग लगाउने काम भएको छ ।

भण्डारीले सम्मानित अदालतको आदेशलाई समेत लत्याउदै आएका छन् । अदालतले तत्काल भाडा सम्झौताको लागि कदम नचाल्न भनेपनि भण्डारीले नयाँ टेण्डर आव्हान गरेर आर्थिक लाभ हाँसिल गर्नेगरि कदम चाल्न खोजेका छन् । यसअघि भण्डारीलाई स्काउटको नाममा नेपालीहरुलाई अमेरिका लगेर छोडेको गम्भीर आरोप लागेको छ । भण्डारीले आर्थिक संकलन गरेर ठूलो संख्यामा नेपालीहरुलाई अमेरिका छोडेको भन्ने आरोप लागेको थियो । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्