काठमाडौं, १० कात्तिक । नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले टीका लगाएको तस्बिर राखेर विजया दशमीको शुभकामना दिएका छन् । उनले आज आफूसहित नेपालस्थित अमेरिकी मिशनको तर्फबाट शुभकामना दिएका हुन् ।
बेरीले नेपाली टोपी र रातो टीका लगाएको तस्बिर समेत सार्वजनिक गरेका छन् । तस्बिरमा सबैजना नेपाली स्थानीय पोशाकमा देखिन्छन् ।
उनले शुभकामनामा भनेका छन्ः २०७७ सालको विजया दशमीको उपलक्ष्यमा म लगायत नेपालस्थित अमेरिकी मिशनको तर्फबाट यो चाड मनाइरहनुभएका सबैमा सुख, स्वास्थ्य, तथा समृद्धिको शुभकामना व्यक्त गर्न चाहन्छौं।