वीरगंज, १४ कात्तिक । आठ दिनपछि मुकेश चौरसियाको शुक्रवार अन्तिम संस्कार गरिएको छ । विन्ध्यवासिनी गाउँपालिका वडा नं. ५ निवासी मुकेश चौरसियाको हत्या भएको ८ दिनपछि आज बहुअर्वास्थित ढोगही खोलामा अन्तिम संस्कार गरिएको हो ।
अन्तिम संस्कारमा नेकपाका नेता, कार्यकर्ताहरू सहभागी थिए । उनको हत्यामा संलग्न हत्यामा संलग्न १२ जनाविरुद्ध बिहीवार मुद्दा दायर भएपछि परिवारजनले उनको शव बुझेका थिए । अस्पतालले उनको पोस्टमार्टम गरेपछि शव परिवारजनको जिम्मा लगाएको थियो ।