उज्जल धमला (बिबस) : पल्लो गाँउकी उषासंग म विद्यालय स्तरदेखिनै परिचित थिएँ । बिधालयका हरेक कार्यक्रमहरुमा उनी संगको सहभागीता बाक्लै हुने गर्दथ्यो । उनी उच्च शिक्षाको लागि राजधानीमा डेरा जमाउन गईन् । उनको हातमा एउटा मोबाइल सम्म थिएन । यसै कारणले गर्दा पनि अब उसको र मेरो भेट न्युन हुने नै भयो। उनले त केबल अहिले बिधालयस्तरका पढाई सकाएको पनि ५ बर्ष बितिसक्यो । संयोगवस राजधानीको एक ठाउँमा उनको र मेरो भेट हुन पुग्यो।
उनी निकै भाबुक मुद्रामा देखिन्थिन्। उनी कक्षा १ देखि कक्षा १० सम्मका उनको र मेरो बिधालयस्तरका कार्यक्रमहरुको उपस्थितिको बारेमा मलिन अनुहार र भाबुक भएर सुनाउँदै थिईन्। यत्तिकैमा मैले उनलाई करिब १ दर्जन भन्दा बढी प्रश्न गरें। तिमिलाई याद छ कि छैन । उषा हामी पहिलोपटक कहाँ भेटेको ? छैन, त्यसो भए तिमी मलाई माया गर्दिनौं ? निलो जिन्स सेतो टिसर्ट कपाल खुल्ला छोडेर क्या सजिएर आउँथ्यौं ।
तिमिलाई याद छ पहिलो भेटमा मैले के लगाएर आएको थिउँ । याद छैन, त्यसो भए तिमी मलाई माया गर्दिन्यौ ? चिसो कोकसंगै म संग तिमिले लजाई–लजाई खाएकी थियौं १ तिमिलाई याद छ हाम्रो पहिलो भेटमा मैले के लगाएको थिएँ ? याद छैन त्यसो भए तिमिले मलाई माया गर्दिनऊ ? स्कुल नजिकै थाले चौर मा तिमिले दिएको पहिलो गुलाफ मैले ओइलाए पनि सजाएर राखेको छु।
मैले ज्यामरुङ दरबारमा दिएको पहिलो उपहार राखेकी छैनौं ? त्यसो भए तिमिले मलाई माया गर्दिनौ ? तिमी यो बिचमा क्या परिवर्तन भयौ है । पहिले जस्तो म बदलिएको बिचार गरेकी छौ । छैनौं ? त्यसो भए तिमी मलाई माया गर्दिनौं हैरु तिमिले सल्लाघारीको पिकनिकमा पुलाऊ पकाँउदा,छेउमै बसेर मैले गितार बजाँउदा क्या खुसी हुन्थौं ? म के गर्दा खुसी हुन्छु तिमीलाई थाहा छ ? थाहा छैनौं भने तिमीले माया गर्नु।