काठमाडौं, १५ कात्तिक । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कोरोना संक्रमणको निःशुल्क परीक्षणको माग गरेको छ । उसले ५ कात्तिकमा प्रेस विज्ञप्तिमार्फत् कोरोनाको निःशुल्क परीक्षण र उपचारको व्यवस्था गर्न माग गरेको थियो ।
विप्लव नेतृत्वको नेकपाले राज्यको न्यूनतम दायित्वबाट समेत पन्छने कार्य गरेको भन्दै विभिन्न माग राखी संघर्षको कार्यक्रम समेत राखेको छ । जसअनुसार आज कोणसभा गर्ने तय भएको छ । १७ कात्तिकमा पर्चा वितरण र २० कात्तिकमा विरोध जुलुस रहेको छ ।