Logo

२० प्रतिशत विदेशी च्यानल मात्रै क्लिनफिडमा



काठमाडौं । विज्ञापन (नियमन गर्ने) ऐन २०७६ अनुसार विदेशी च्यानलमा अनिवार्य क्लिनफिडको नीति लागू भएकोे १ सातामा २० प्रतिशत मात्रै विदेशी च्यानल मात्र क्लिनफिडअनुसार प्रसारणमा आएका छन् । बाँकी ८० प्रतिशत च्यानल क्लिनफिडमार्पmत प्रसारण थप १० देखि १५ दिनको समय लाग्ने भएको छ ।

क्लिनफिडका लागि आवश्यक उपकरण जडान नहुँदा कतिपय विदेशी च्यानलको प्रसारण नै बन्द भएको छ । तिनलाई सुचारु गर्न थप समय लाग्ने नेपालस्थित टेलिभिजन च्यानल वितरकहरूले जानकारी दिएका छन् ।

यही कात्तिक ७ गतेदेखि नेपालमा विदेशी टेलिभिजन च्यानलहरू विज्ञापनरहित हुनुपर्ने थियो । क्लिनफिड हुन नसकेका कतिपय च्यानलको प्रसारण अहिले बन्द रहेको केवल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुलीले जानकारी दिए । ऐनले तयारीका लागि १ वर्षको समय उपलब्ध गराएको थियो ।

तर, विदेशी च्यानलहरूले आवश्यक तयारी नगरेपछि सरकारले कात्तिक ७ यता विज्ञापनसहितका विदेशी च्यानल प्रसारण गरे कारबाही गर्ने बताएको थियो । बन्द भएका च्यानलहरूमा सरकारले जारी गरेको सूचना राखिएका छन् । अध्यक्ष पराजुलीका अनुसार बढीमा थप १०–१५ दिनभित्र सम्पूर्ण तयारी सकिने र सबै च्यानल क्लिनफिडमार्पmत नै प्रसारणमा आउने आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्