Logo

कामनपालाई गगनको आग्रह : “खाना खुवाउने पवित्र कामलाई निरन्तरता दिन संलग्न सबैमा अनुरोध गर्छु”



काठमाडौं, १८ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री गगनकुमार थापाले काठमाडौं महानगरपालिकालाई काठमाडौंका विभिन्न ठाउँमा जीवन निर्वाह गर्न गार्हो भइरहेकाहरुलाई परोपकारी मन भएकाहरुले खाना खुवाईरहेको कामलाई निरन्तरता दिन आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत थापाले यस्तो आग्रह गरेका हुन् ।

उनले लेखेका छन्,‘जीवन निर्वाह गर्न गाह्रो भइरहेकालाई,काठमाडौँका विभिन्न स्थानमा परोपकारी मन भएकाहरुले खाना खुवाइरहनु भएको छ।विषम परिस्थितिमा यस्तो परोपकारी काम गरेर हाम्रो शहरको इज्जत धानिदिनु भएकोमा धेरै धन्यवाद? म काठमाडौँको जनप्रतिनिधि,यो पवित्र कामलाई निरन्तरता दिन संलग्न सबैमा अनुरोध गर्छु।”



प्रतिक्रिया दिनुहोस्