Logo

डा. आचार्यको टिप्पणी : ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संक्षेपमा नेपालमात्र लेखौं भन्ने परिपत्रले संविधानको उल्लंघन गरेजस्तो लाग्दैन्’



काठमाडौं, १८ कार्तिक । संविधानविद् डा. भीमार्जुन आचार्यले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संक्षेपमा नेपालमात्र लेखौं भन्ने सरकारी परिपत्रले संविधानको उल्लंघन नगरेको स्पष्ट पारेका छन् । सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको साटो नेपालमात्रै लेख्न परिपत्र जारी गरेसँगै चौतर्फी आलोचना भैरहेको बेलामा संविधानविद् डा. आचार्यको यस्तो भनाई आएको छ ।

आज साँझ सामाजिक सञ्जाल फेशबुकमार्फत डा. आचार्यले लेखेका छन्,‘मलाई “संघीय गणतान्त्रिक नेपाल” लाई संक्षेपमा “नेपाल” मात्र लेखौ भन्ने सरकारी परिपत्रले संविधानको उलङ्घन गरेजस्तो लाग्दैन। नेपालको ठाउँमा चीन, भारत, सिङ्गापुर वा अरू केही लेखौ भनेको भए आपत्तिको विषय हुन्थ्यो। संघीयता धान्नै नसकेर यस्तो कुरा आएको हो भने त मेरो तर्फबाट पूर्ण समर्थन छ। नेपालको जयहोस् ।’ File Photo



प्रतिक्रिया दिनुहोस्