Logo

अमेरिका, जापान, भारत र अष्ट्रेलियाको संयुक्त नौसैनिक अभ्यास शुरु, चीन शतर्क



एजेन्सी, १८ कात्तिक । अमेरिका, जापान, भारत र अष्ट्रेलिया गरी चार मुलुकको नौसैनिक अभ्यास शुरु भएको छ । पहिलो चरणको नौसैनिक अभ्यास मङ्गलबारबाट शुरु भएको हो ।

क्वाड मुलुक भनिने यी चार मुलुकको नौसैनिक अभ्यासको नाम मलाबार नौसैनिक अभ्यास हो । यसको आयोजक भारत हो ।

मलाबर नौसैनिक अभ्यास चीनको एशिया प्रशान्त क्षेत्रमा बढ्दो प्रभावलाई काउन्टर दिन आयोजना हुन लागेको बताइएको छ । यसअघि गत महिना क्वाड देशका विदेशमन्त्रीस्तरीय बैठक जापानको राजधानी टोकियोमा भएको थियो । उक्त बैठकले संयुक्त नौसैनिक अभ्यासको टुंगो लगाएको थियो ।

क्वाड मुलुकको नौसैनिक अभ्यासलाई चीनले चासोका साथ हेरेको छ । चिनियाँ पत्रिका ग्लोबल टाइम्सले अमेरिकामाथि एशियाका अन्य देशहरुलाई आफ्नो वरपर राख्ने गरी रणनीति चालेको विषय उठाएको छ ।

साउथ चाइना सीलगायत एशियाका कतिपय जल क्षेत्रमा चीनले प्रभाव बढाएपछि अमेरिकाले त्यसलाई काउन्टर दिन रणनीति चालेको छ । उसले साउथ चाइना सीमा चीनसँग असन्तुष्ट देशहरुसँग सामिप्यता बढाएको छ ।



प्रतिक्रिया दिनुहोस्