Logo

 कोइलाको आयात बढ्यो



वीरगञ्ज, कार्तिक १९। कोरोना महामारीका कारण अधिकांश उद्यम व्यवसायमा मन्दी आएका बेला मुख्य नाकाबाट कोइलाको आयात भने बढेको पाइएको छ । क्लिंकरको सहायक कच्चा पदार्थका रूपमा प्रयोग हुने पत्थर कोइलाको आयात उल्लेख्य वृद्धि भएको हो ।

वीरगञ्ज नाकाबाट चालू आर्थिक वर्ष २०७७\७८ को पहिलो ३ महीनामा समीक्षा अवधिको तुलनामा ४२ प्रतिशत बढी कोइला भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले बताएको छ । भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्षको साउनदेखि असोजसम्ममा रू १ अर्ब ८८ करोड मूल्यबराबरको १ लाख ४१ हजार ५२८ मेट्रिकटन पत्थर कोइला आयात भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७६र७७ को पहिलो त्रैमासमा रू १ अर्ब ४२ करोड मूल्यको ९९ हजार ३८१ मेट्रिकटन कोइला भित्रिएको वीरगञ्ज भन्सारका सूचना अधिकृत विमल साहले जानकारी दिए । कोइलाको कुल आयातमध्ये ५० प्रतिशतभन्दा बढी वीरगञ्ज नाकाबाट हुन्छ ।

अहिले भारतमा कोइलाको भाउ घटेकाले केही उद्योगले ठूलो परिमाणमा ल्याएको आयातकर्ताले बताएको आजको आर्र्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्