काठमाडौं, १९ कार्तिक । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादबारे मुख खोलेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत डा. भट्टराईले नेकपाभित्रको किचलो रुपमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको सत्तासंघर्ष देखिएपनि सारमा त्यो गहिरो वैचारिक राजनीतिक अन्तरविरोधको अभिव्यक्ति नै भएको दाबी गरेका छन् । र, उनले यसलाई अन्तर्यमा अग्रगमन र पश्चगमनबीचको लडाईँको पनि संज्ञा दिएका छन् ।
उनले प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई पश्चगामी सोच राख्ने चतुर खेलाडी भएको पनि उद्धृत गरेका छन् । उनले लेखेका छन् :
हामीलाई फोन गरेर स्वस्थ्यलाभको कामना गरेकोमा प्रम @kpsharmaoli लाई धन्यवाद दिंदै यो तीतो सत्य भन्नैपर्छ:-नेकपाभित्रको किचलो रूपमा दुइ अध्यक्षवीचको सत्तासंघर्ष देखिए पनि सारमा त्यो गहीरो वैचारिक-राजनीतिक अन्तरविरोधको अभिव्यक्ति नै हो।यो अन्तर्यमा अग्रगमन र पश्चगमन वीचको लडाइॅ हो!
ओली नेपाली राजनीतिका पश्चगामी सोच राख्ने चतुर खेलाडी हुन्।संविधानसभामा अग्रगामी एजेण्डा निस्तेज पार्न माओवादी-मधेसवादी विरूद्ध नेकासंग सहकार्य गरे।पछि सत्तानिम्ति चुनावमा नेकाविरूद्ध माओवादीसंग एकता गरे।अहिले ओली नेतृत्वमा देश तीव्र गतिले प्रतिगमनतिर दौडिरहेछ!अब के?सबैले सोचौं!