Logo

जुवातास खेलिरहेका १६ जना पक्राउ



गोदावरी, २० कात्तिक: इलाका प्रहरी कार्यालय लम्की कैलालीले जुवातास खेलिरहेका अवस्थामा रु ५२ हजारसहित १६ जनालाई पक्राउ गरेको छ । कैलालीको लम्कीचुहा नगरपालिका–७ स्थित कुस्माखर देवकोटाको पक्कीघरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरी निरीक्षक भरतबहादुर शाहको कमाण्डमा खटिएको टोलीले आज उनीहरुलाई रु ५२ हजार ३९५ सहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–४ का मनिप्रकाशकुमार जैसी, गणेशप्रसाद न्यौपाने, चन्द्रप्रसाद न्यौपाने, रमेश विष्ट, कमलप्रशाद जैसी, दयाराम न्यौपाने, भानुप्रसाद जैसी, ईश्वर शर्मा, नरदेव चौलागाई, लम्की चुहानगरपालिका–७ का देवेन्द्र रावत, तारा ढकाल, रुपानन्द बजगाई, रामबहादुर चौधरी, लक्ष्मी आचार्य, जनक भण्डारी, कुष्माखर देवकोटा रहेका छन् ।

पक्राउ गरेका व्यक्तिहरुमाथि थप अनुसन्धान गरी मुद्दा प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । यसैगरी प्रहरीले जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत कैलालीले ११ वर्ष कैद सजाय तोकी फरार रहेको एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पीडित भजनी नगरपालिका–५ का दीर्घबहादुर कामी रहेका छन् । कामी तीन वर्षदेखि जबरजस्ती करणी मुद्दामा फरार रहेका थिए । उनलाई इलाका प्रहरी कार्यालय भजनीबाट खटिइएको प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालत कैलालीमा दाखिला गरेको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए ।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्