Logo

सरकारविरुद्ध राप्रपाले जनसंघर्ष गर्ने



काठमाडौं, २५ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारविरुद्ध जनसंघर्ष गर्ने भएको छ । राप्रपाका अध्यक्षत्रयबीच आज बसेको बैठकले देशको राजनीतिक अवस्था र पार्टी संगठनको समिक्षा गर्दै भावी कार्यक्रमबारे छलफल गरेको अध्यक्ष कमल थापाले जानकारी दिएका छन् । उनकाअनुसार आजको बैठकमा स्थानीय तहमा पार्टी समायोजनलाई तिव्रता दिने तथा कोरोना नियन्त्रणमा सरकारको असफलता, भ्रष्टाचारलगायतका विषयलाई लिएर जनसंघर्ष गर्नेबारे छलफल भएको छ ।

थापाले बैठकबारे जानकारी दिँदै सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्,‘राप्रपात्रय अध्यक्षहरूको आज बसेको बैठकले देशको राजनीतिक अवस्था र पार्टी संगठनको समिक्षा गर्दै भावि कार्यक्रमवारे छलफल गरेको छ।स्थानीयतहमा पार्टी समायोजनलाई तिव्रता दिने तथा कोरोना नियन्त्रणमा सरकारको असफलता,भ्रष्टाचार लगायतका विषयलाई लिएर जनसंघर्ष गर्ने वारे समेत छलफल भएको छ ।”



प्रतिक्रिया दिनुहोस्