काठमाडौं, २६ कार्तिक । वरिष्ठ चिकित्सक डा. ज्योति भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । मेट्रो काठमाडौं अस्पतालमा कार्यरत डा. भट्टराईले केही समयदेखि रुघाखोकीले सताएकाले परीक्षण गराएको र आजै कोरोना पोजेटिभ रिपोर्ट आएको बताएकी छिन्। डा. भट्टराईले हाल आफूमा ठूलो स्वास्थ्य समस्या नदेखिएको भए पनि ज्वरो आउने, शरीर दुख्ने र कडा रुघाखोकी भने रहेको जनाएकी छिन्। उनले आफू अस्पतालमा बिरामीको सेवामा खटिरहेकाले सावधानी अपनाउँदा अपनाउँदै पनि संक्रमणमा परेको जनाईन्। आफूलाई संक्रमण पुष्टि भएपछि उनले आफनो सम्पर्कमा आएका अन्यलाई सतर्क रहन र लक्षण देखिएमा परीक्षण गर्न आग्रह समेत गरेकी छिन्। संक्रमण पुष्टि भएपछि डा. भट्टराई यतिवेला होम आईसोलेशनमा छिन् ।