Logo

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री ओली शितलनिवासमा



काठमाडौं, २९ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । पार्टीभित्र अन्तरसंघर्ष उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री ओली आज साँझ अकस्मात् शितलनिवास पुगेको स्रोतले जनाएको छ । हिजोमात्रै पार्टीको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिवेदनमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीमाथि थुप्रै आलोचना र आरोप लगाईएको छ । तर, शितलनिवासले भने अहिलेसम्म प्रधानमन्त्री ओली नपुगेको स्पष्ट पारेको छ ।  FILE PHOTO

Related News:

वामदेवलाई कहिले गृह त कहिले अर्थ मन्त्रीको प्रस्ताव लिएर यीनको दौडधुप 

प्रचण्डका कारण पार्टी एकता गम्भीर मोडमा पुगेको छ : शंकर पोख्रेल 

प्रचण्डको प्रस्तावमाथि सूर्य थापाको टिप्पणी : ‘अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्टीकरण हो’

 



प्रतिक्रिया दिनुहोस्