Logo

सचिवालय बैठक बस्ने समयमा प्रधानमन्त्रीले राखे मन्त्रिपरिषद बैठक, अब के होला ?



काठमाडौं, ३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजेलाई मन्त्रिपरिषद बैठक बोलाएका छन् । जबकी गत शुक्रबार बसेको सचिवालय बैठकले आज दिउँसो १ बजेलाई सचिवालय बैठक तय गरेको थियो । पार्टीभित्र विवाद बढिरहेको बेलामा प्रधानमन्त्री ओलीले आजे १ बजे क्याबिनेट डाक्नुले परिस्थिति झनै बिग्रिएको छ । आज दिउँसो १ बजे मन्त्रिपरिषद बैठक बोलाईएको एक मन्त्रीले रिपोर्टर्स नेपाल डटकमलाई जनाए ।

गत कार्तिक २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बहुमत सदस्यहरुको सहमतिमा १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेपछि नेकपाभित्रको विवाद झनै चुलिएको छ । ओली पक्षले उक्त प्रस्ताव फिर्ता नलिएसम्म कुनैपनि बैठक नबस्ने जनाईसकेको छ । तर, दाहाल पक्षले भने उक्त प्रस्तावमाथि छलफल हुनुपर्ने अडान लिएको छ । र, आजको बैठकमा ओली उपस्थित् नभएपनि बैठक सुचारु गर्ने दाहाल पक्षको योजना छ ।

अब विवाद समाधानकोलागि पार्टी कमिटीका बैठकहरु राखेर अघि बढ्ने अध्यक्ष दाहालसहित सचिवालय सदस्यहरु माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठको तयारी छ । आजको सचिवालय बैठकमा गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा पनि सहभागी हुने बुझिएको छ । FILE PHOTO



प्रतिक्रिया दिनुहोस्