Logo

विश्वभर ५ करोड ५९ लाख कोरोना संक्रमित



काठमाडौं, ३ मंसिर । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ५ करोड ५९ लाखनाघेको छ । बितेको २४ घन्टामा ६ लाख नयाँ संक्रमित थपिएपछि कुल संक्रमित संख्या ५ करोड ५९ लाख ४३ हजार पुगेको हो ।

पछिल्लो तथ्यांक अनुसार १३ लाख ४३ हजार ३ सय ८८ को मृत्यु भएको छ । विश्वभर ३ करोड ८९ लाख कोरोना भाइरसको संक्रमण मुक्त भएका छन् । एक करोड ५६ लाख सक्रिय संक्रमित छन् ।

सबैभन्दा बढी अमेरिकामा एक करोड १६ लाख कोरोना संक्रमित भइसकेका छन् । जसमध्ये २ लाख ५४ हजारको मृत्यु भइसकेको छ ।

भारतमा ८९ लाख १२ हजार संक्रमितमध्ये एक लाख ३१ हजारको मृत्यु भइसकेको छ । ब्राजिलमा ५९ लाख ११ हजार संक्रमितमध्ये एक लाख ६६ हजारको मृत्यु भएको छ ।

यूरोपमा कोरोना भाइरसको महामारी बढेको छ । यो जाडो मौसमा यूरोपमा कोरोनाको कहर डरलाग्दो हुने संकेत देखिएको छ ।

यूरोपका देशहरुले संक्रमित र मृतक संख्यामा अन्य देशहरुलाई धमाधम उछिन्न थालेका छन् । फ्रान्समा २० लाख संक्रमित संख्यामध्ये ४६ हजारको मृत्यु भइसकेको छ ।

रुसमा १९ लाख ७१ हजार संक्रमितमध्ये ३३ हजारको मृत्यु भएको छ । स्पेनमा १५ लाख ३५ हजार संक्रमितमध्ये ४१ हजारको मृत्यु भइसकेको छ । बेलायतमा १४ लाख कोरोना संक्रमितमध्ये ५२ हजारको मृत्यु भएको छ । इटालीमा १२ लाख संक्रमितमध्ये ४६ हजारको मृत्यु भएको छ ।

पछिल्लो तथ्यांक अनुसार नेपालमा २ लाख ११ हजार ४ सय ७५ जना कोरोना संक्रमितमध्ये १२ सय ४७ को मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस्