काठमाडौं, ३ मंसिर । निःशुल्क गुर्जो विरुण, धुलो र चिया प्याकेट वितरण गर्दै आएका महाअभियन्ता कमलबहादुर राजलवटले आफ्नै गृहजिल्ला महोत्तरीको जलेश्वरमा गुर्जोको विरुवा, धुलो र चिया प्याकेट वितरण गरेका छन् । जलेश्वरमा रहेको महादेव मन्दिर अघि उनले एक कार्यक्रमका बीच दुई सय गुर्जोको विरुवा वितरण गरेका थिए ।
उनले उक्त अवसरमा उपस्थित् सबैलाई गुर्जोको चियासमेत खुवाएका थिए । र, गुर्जोको फाईदा र गुणबारे पनि आफूले प्रकाश पारेको राजलवटले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।