Logo

राजस्व लक्ष्यनजिक



काठमाडौं, मंसिर ४ । कोरोना महामारीका बीचमा पनि सरकारले वार्षिक लक्ष्यनजिक नै राजस्व उठाउन सफल भएको छ ।

गत चैतदेखि सरकारको आम्दानीमा निरन्तर कमी आए पनि पछिल्लो समय भने राजस्व संकलनमा व्यापक सुधार आउँदा सरकारी लक्ष्य करीब करीब भेट्ने गरी राजस्व उठेको हो ।

अर्थ मन्त्रालयका अनुसार महामारीकै बीचमा सरकारले आर्थिक वर्षको पहिलो ४ महीनासम्ममा २५ प्रतिशत लक्ष्य राखेकोमा करीब २४ प्रतिशत राजस्व संकलन गरेको छ ।

चार महीनामा २ खर्ब ४० अर्ब १५ करोड रुपैयाँ राजस्व संकलन भएको अर्थ मन्त्रालयको तथ्यांकले देखाउँछ । यसमध्ये कर राजस्व २ खर्ब २६ अर्ब ३ करोड र गैरकर राजस्व १४ अर्ब ११ करोड उठेको छ ।

अर्थ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार आयकर, ब्याजकरतर्पm यो अवधिमा लक्ष्यअनुसार नै सरकारले राजस्व संकलन गर्न सफल भएको छ भने अन्य सूचकांकहरू समेत लक्ष्यनजिक नै छन् ।

चार महीनाको राजस्वका सूचकांकहरूको विस्तृत तथ्यांक संकलनको काम चलिरहेको ती अधिकारीले बताए । त्यसो त, अर्थले हालै सार्वजनिक गरेको पहिलो त्रैमासको तथ्यांकले पनि राजस्वका धेरैजसो सूचकांकमा सुधार आउन थालेको देखाउँछ ।

चालू आर्थिक वर्षको असोजसम्म सरकारले १ खर्ब ९७ अर्ब राजस्व संकलनको लक्ष्य राखेकोमा १ खर्ब ९४ अर्ब संकलन गर्न सफल भएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्