Logo

वामदेवको प्रश्न : मिलेको पार्टी फुट्न किन सक्दैन ?



काठमाडौं, ६ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्रको विवाद समाधानको लागि आफूहरुले पहल गरेको स्पष्ट पारेका छन् । तर, मिलेको पार्टी फुट्न किन सक्दैन् ? भनेर प्रश्नसमेत गरेका छन् । दाङमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मर्दै नमर्ने व्यक्ति कोही नहुने र त्यो प्रकृतिको नियम भएजस्तै मिलेका पार्टी फुट्नु कुनै नौलो कुरा नहुने पनि धारणा राखेका थिए ।

उनले विधानमा दुई वटा अध्यक्षको सहमतिमा बैठक गर्ने भन्ने उल्लेख रहे पनि कहिले को सहमत नहुने र कहिले को सहमत नहुने परिस्थितिले गर्दा बैठकसमेत बस्न नसकेको स्पष्ट पारे। त्यस्तै, पार्टीभित्र मात्रै छलफल नभएर विभिन्न कमजोरीका प्वालहरूबाट समेत बाहिर छलफल हुने गरेको हुँदा त्यसले पनि समस्या सिर्जना भएको उनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्