Logo

कोरोनाविरुद्धको रुसी भ्याक्सिन अमेरिकी भ्याक्सिनभन्दा सस्तो पर्ने



एजेन्सी, ८ मंसिर । रुसमा विकास गरिएको कोरोना भाइरसविरुद्धको भ्याक्सिन अमेरिकामा उत्पादित भ्याक्सिनभन्दा सस्तो पर्ने भएको छ । स्पुतनिक भ्याक्सिन मोर्डना र फाइजर कम्पनिको भ्याक्सिनभन्दा सस्तो पर्ने भएको हो ।

रुसी भ्याक्सिन निर्माता गेमिलियाले स्पुतनिक भी को ट्वीटर एकाउन्टबाट आफ्नो भ्याक्सिन फाइजर र मोर्डनाको भ्याक्सिनभन्दा सस्तो पर्ने जनाएको हो । फाइजरको भ्याक्सिन दुई डजको ३७ डलर र मोर्डनाको ७४ डलर पर्न जाने समेत उल्लेख गरेको छ ।

भ्याक्सिन विकास भएको औपचारिक जानकारी हुँदा यसको मूल्यबारे समेत चासो बढेको छ । अहिलेसम्म फाइजर र मोर्डनाले विकास गरेको भ्याक्सिनको मूल्य सार्वजनिक भएको छ । स्पुतनिक भीको मूल्य नखुलाइएपनि अन्यको तुलनामा निकै सस्तो रहेको भनिएको छ ।

अक्सफोर्ड भ्याक्सिन पनि विकास भएको औपचारिक जानकारी आउन मात्र बाँकी छ । यसको मूल्य पनि खुलाइएको छैन ।



प्रतिक्रिया दिनुहोस्