कपिलवस्तु, ८ मङ्सिर: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको भेटघाट सत्ता साझेदारीका विषयमा नभएको स्पष्ट गरेका छन् । नेपाल प्रेस युनियन कपिलवस्तुले तौलिहवामा आज आयोजना गरेको पत्रकार सम्मेलनमा डा. महतले काँग्रेस सत्ता साझेदारी गर्ने अभियानमा नभएको र साझेदारीको आवश्यकतासमेत नरहेको बताए ।
अर्काे प्रसङ्गमा उनले कोरोना सङ्क्रमण बढ्दै गर्दा सरकारले स्वास्थ्य सेवा प्रवाहमा खासै चासो नदिएको र पिसिआर परीक्षणको दायरा घटाउने कार्य गरेको आरोप लगाए ।-रासस/File Photo