Logo

नेपाल इन्जिनियरिङ कलेजका पुर्व अध्यक्ष न्यौपाने पक्राउ



काठमाडौं, १० मंसिर । नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपानेलाई केन्द्रिय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । न्यौपाने काठमाडौंस्थित आफ्नै घरबाट बुधबार पक्राउ परेका हुन् ।

न्यौपानेमाथि ३ करोड ७१ लाख रुपैयाँ ठगी गरेको आरोप लागेको प्रहरीले जनाएको छ । उनको विरुद्धमा इन्जिनियरिङ कलेजले नै प्रहरीमा उजुरी दिएको थियो । न्यौपाने नेपाल इन्जिनियरिङ कलेजमा २ पटकसम्म अध्यक्ष रहेका थिए ।

उनको समयमा कलेजको बेरुजु २३ करोड भन्दा धेरै देखिएको थियो । न्यौपानेको कारण अख्तियार दुरुपयोग आयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले पद त्याग्नु परेको थियो । न्यौपानेसँग पाठकले ७८ लाख घुस लिएको प्रमाण सार्वजनिक भएको थियो ।



प्रतिक्रिया दिनुहोस्