काठमाडौं, मंसिर ११। काठमाडौँ महानगरपालिकाका नगरप्रमुख विद्यासुन्दर शाक्यले तुलनात्मक रूपमा काठमाडौँंमा हिंसाका घटना न्यून रहेको बताएका छन्। बुधबारदेखि सुरु भएको महिला हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भ गर्दै उनले सबै मिलेर हिंसालाई शून्य बनाउनुपर्नेमा जोड दिए ।
काठमाडौँ महानगरपालिकाले आयोजना ‘लैङ्गिकतामा आधारित हिंसा’सम्बन्धी अन्तक्र्रियामा मेयर शाक्यले भने “आर्थिक र सामाजिक हिसाबले मिश्रित बसोबास काठमाडौँंको चरित्र हो । सहरमा गरिब बस्ती पनि छ । पारिवारिक अवस्था र अभावजस्ता कारणले यस्ता ठाउँमा हिंसाको बढी सम्भावना रहन्छ । समृद्ध परिवारमा शारीरिक नभए पनि मानसिक हिंसा हुन सक्छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले काठमाडाँैका टोलटोलमा हिंसाका अवस्थाका बारेमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताएको आजको गोरखापत्र दैनिकमा खवर छ ।