Logo

फरार प्रतिवादी पक्राउ



झापा, ११ मंसिर । विभिन्न मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । वन मुद्दाका फरार प्रतिवादी झापा, झापा गाउँपालिका–२ का प्रदिप कुमार माझी बुधबार पक्राउ परेका हुन् ।

जिल्ला अदालत झापा भद्रपुरको २०६४ भदौ २० गतेको फैसलाले वन मुद्दामा ६ महिना कैद र नगद १५ हजार ८६ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय कुमरखोद झापाबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ गरको बताएको छ ।

यसैगरी, बैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी बिर्तामोड नगरपालिका–३ घर भएका ३० वर्षीय कुमार पुरीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । बैदेशिक रोजगार न्यायालय काठमाडौंको २०७२ जेठ २४ गतेको फैसलाले बैदेशिक रोजगार ठगी मुद्दामा १ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरीले अर्जुनधारा नगरपालिका–५ बैर चौकबाट पक्राउ गरेको जानकारी दिएको छ ।

फैसला कार्यान्वयनका लागि दुवै जनालाई जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्