Logo

कोरोनाविरुद्ध प्रभावकारी खोप ल्याउन रुस र बेलायती उत्पादकबीच सहकार्यको सम्भावना



एजेन्सी, १२ मङसिर । रुसी कोरोना भ्याक्सिन निर्माता गेल्मेआद्वारा निर्माण गरिएको ‘स्पुतनी भी’ले ब्रिटिश कम्पनी एस्ट्रेजेनेकासंग कोरोनाविरुद्वको खोप निर्माण गर्ने इच्छा देखाएको छ । उक्त विषयको जानकारी रुसी कम्पनीकोे औपचारिक ट्वीटर पेजमार्फत जनाएको हो ।

एस्ट्रजेनेकाले गरिरहेको परिक्षणले ६२ प्रतिशत प्रभावकारी देखाएको छ । यदि स्पुतनीक भी र एस्ट्रजेनेकाले संयुक्त रुपमा परिक्षण गरे यो अझ प्रभावकारी हुने रुसी विज्ञहरुको भनाइ रहेको छ ।

संयुक्त रुपमा परिक्षण गरे कोरोनाविरुद्व लड्न खोपले मानिसको प्रतिरक्षा प्रणलीलाई थप बल पुर्याउने जनाइएको छ । एस्ट्रजेनेकाले अहिले अक्फर्ड विश्वविद्यालयसंगको साझेदारीमा परिक्षण गरिरहेको छ । तत्काल गरिएको परिक्षणमा कुनै कमी देखिए अन्य कम्पनीसंग सहकार्य गरी अगाडी बढ्ने कम्पनीका प्रमुखले जनाएका छन् ।

अक्फोर्डमा परिक्षण गर्ने करिब २० हजार स्वयमसेवी रहेको जनाइएको छ । परिक्षणले साकारात्मक नतिजा समेत दिएको जनाइएको छ भने यसको प्रभाव आउने दिनमा बढ्दै जाने विश्वास कम्पनीले व्यक्त गरेको छ । कोरोना खोपको दौडमा करिब १७० प्र्रोजेक्टहरु अग्रसर छ । रुस कोरोना विरुद्वको खोप रेजिस्टर गर्ने पहिलो देश बनेको थियो ।-Photo Source: TASS



प्रतिक्रिया दिनुहोस्