Logo

कोरोना संक्रमणबाट आज थप २३ जनाको मृत्यु



काठमाडौं, १२ मंसिर । कोरोना संक्रमणबाट आज थप २३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १४३५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२४ घन्टामा नयाँ संक्रमित १७ सय ३ थपिएका छन् ।

आज १२ सय ३६ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख २९ हजार ३ सय  ४३ संक्रमित भएपनि २ लाख ९ हजार ४ सय ३५ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने १७ हजार २ सय ३५ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म  १७ लाख १ हजार ४ सय ६० जनाको पिसीआर परिक्षण भएको छ भने १७ हजार २ सय ३७ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ६ सय १ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्