काठमाडौं, मंसिर १४ । नेपालमा वर्षेनि बैंकिङ कसूरसम्बन्धी घटनाहरू बढ्दै गएका छन् । विगत ५ आर्थिक वर्ष र चालू आर्थिक वर्षको कात्तिकसम्ममा देशभर कुल ८ हजार १९ ओटा बैंकिङ कसूरसम्बन्धी घटना भएका छन् । चेकबाउन्स, ठगी, जालसाजी र अनलाइन कारोबारको दुरुपयोग गरेकाले बैंकिङ कसूरको संख्या बढ्दै गएको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार आव २०७२र७३ मा देशभर ४६ ओटा बैंकिङ कसूरको उजुरी परेको थियो । तर, त्यसपछिका वर्षहरूमा यस्तो उजुरीको संख्या क्रमशः बढ्दै गएको छ ।
आव २०७३र७४ मा ९३ ओटा बैंकिङ कसूरका उजुरी परेकोमा आव २०७४र७५ मा बढेर यस्तो संख्या ७ सय ७६ पुग्यो । आव २०७५र७६ मा बैंकिङ कसूर गर्नेको संख्या ३ हजार १ सय ६७ पुग्यो । आव २०७६÷७७ मा ३ हजार ३०९ ले बैंकिङ कसूर गरेका छन् भने चालू आवको कात्तिकसम्ममा यस्तो संख्या ६ सय २८ पुगेको छ ।
बैंकिङ कसूर तथा सजाय ऐन ९पहिलो संशोधन० २०७३ ले अनधिकृत रूपमा कर्जा लिन वा दिन नहुने, अनधिकृत रूपमा खाता खोल्न वा रकम भुक्तानी माग गर्न नहुने, विद्युतीय माध्यमको दुरुपयोग वा अनधिकृत प्रयोग गरी भुक्तानी लिन वा दिन नहुने, कर्जाको दुरुपयोग गर्न नहुने, बैंकिङ स्रोतसाधन र सम्पत्तिको दुरुपयोग गर्न नहुने, ऋणीले रकम झिक्न र सम्पत्ति प्राप्त गर्न नपाउनेलगायत व्यवस्था गरेको छ । उक्त ऐनले यी कामलाई बैंकिङ कसूर मानेको छ ।
पछिल्लोपटक चेक बाउन्स गर्ने प्रवृत्ति बढेको छ । यस्तो उजुरीकमो संख्या बढ्दै गएको छ । पैसा नभएको खाताको चेक दिएर ठग्ने प्रवृत्ति ९चेक बाउन्स० बढेकाले बैंकिङ कसूरका उजुरी तथा मुद्दा बढेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी कुवेर कडायत बताउँछन् । ‘इन्टरनेट तथा अनलाइनबाट पनि बैंकिङ कसूरहरू हुने गरेका छन् । बैंकिङ क्षेत्रलगायत आर्थिक अपराध गर्नेको संख्या बढेको छ,’ प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी कडायतले भने, ‘यस्तो अपराध बढ्नुको कारण छिटो धनी हुने अभिलाषा, देखासिकी, महत्त्वाकांक्षा, बढ्दो शहरीकरण आदि हुन् ।’
साथै, बैंक कर्मचारीहरूको मिलेमतोमा समेत बैंकिङ कसूर भएका थुप्रै घटना भएको भन्दै उनले अधिकांशलाई कार्बाहीको दायरामा ल्याइसकेको जानकारी दिए ।आर्थिक अभियान दैनिकबाट