Logo

कुटपिट गरी हत्या



काठमाडौं, १५ मंसिर । मेचीनगर नगरपालिका–४ आमडागी मोड बस्ने ५० वर्षीय पूर्ण बहादुर प्रधानको कुटपिट गरी हत्या गरेको अभियोगमा तीन जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय दिवस मगर, २८ वर्षीय प्रेम तामाङ र ५५ वर्षीय बिशाल तामाङ रहेका छन् ।

प्रेम तामाङलाई पछाडीबाट लात्तीले हिर्काएको बिषयलाई लिएर उनीहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका पूर्ण बहादुरको आम्दा अस्पताल धुलाबारीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी बाहुनडागीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरूलाई पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्