Logo

आज १४ सय ७४ संक्रमित थप



काठमाडौं, १५ मंसिर । नेपालमा कोरोना भाइरसका आज १४ सय ७४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ हजार ९ सय ३१ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख १४ हजार ५ सय २१ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्