Logo

घुस लिएको अभियोगमा इन्जिनियर पक्राउ



काठमाडौं, १७ मंसिर । बेलकोटगढी नगरपालिकाको कार्यालयमा कार्यरत इन्जिनियर पर्वत पौडेलविरुद्व भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत इन्जिनियर करार सेवामा कार्यरत पौडेलले घर निर्माण सम्पन्नको प्रमाण–पत्र दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरेको सुचनाको आधारमा अख्तियारले नियन्त्रणमा लिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिई अनुसन्धान गर्दा खानेपानी योजनाको अन्तिम बजेट निकाशा गरिदिए बापत र निर्माण सम्पन्न घरको घर निर्माण स्थायी ईजाजत पत्र दिएबापत इन्जिनियर पौडेलले ७५ हजार रुपैयाँ घुस होटल व्यवसायी नारायणप्रसाद भट्ट मार्फत लिएको पुष्टि भएको थियो ।

पौडेलमाथि कानुन बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्