काठमाडौं, १८ मंसिर । मन्त्रिपरिषद् बैठक अपरान्ह ४ बजे बस्ने भएको छ । आजको बैठकमा एआइजीमा विश्वराज पोखरेलको बढुवाको निर्णय हुने बुझिएको छ ।
नेपाल कम्युनिस्ट पार्टीभित्र विवाह भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले कडा कदमहरु चाल्दै गर्दा आज बस्ने मन्त्रिपरिषद् बैठकमा चासो बढेको छ । उनले हरेक मन्त्रिपरिषद् बैठकमा पार्टीभित्रका विरोधीलाई चुनौती दिने गरी निर्णयहरु गर्दै आएका छन् ।