कैलाली, मंसिर १९ । बझाङमा तीन महिनाअघि एक १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा कारागार चलान भएका ब्यक्ति फरार भएका छन् ।
गत असोजमा जिल्लाको मष्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना बिकको हत्या अभियोगमा पक्राउ परी पुर्पक्षका लागि कारागार चलान भएका सोही गाउँपालिकाका १६ वर्षीय राजेन्द्र बोहरा फरार भएका हुन् ।
बोहरालाई डोटीस्थित बाल सुधार गृहमा राखिएको थियो । बाल सुधार गृहमा रहेका बोहरालाई कोरोना संक्रमण देखिएपछि जिल्ला अस्पताल डोटीको आइसोलेसनमा राखिएको थियो ।
अस्पतालको आइसोलेसनमा रहेका बोहरा त्यहीबाट भागेर फरार भएको डोटी प्रहरीले जनाएको आजको राजधानी दैनिकले उल्लेख गरेको छ ।