Logo

८४ वर्षीय बृद्ध दाजुले कुटपिट गर्दा भाइको मृत्यु



सिन्धुपाल्चोक, २१ मंसिर । कुटपिट गरेको अभियोगमा ८४ वर्षीय एक बृद्ध पक्राउ परेका छन् । आफ्नै भाइ ७५ वर्षीय पेमा घ्याम्सो लामालाई कुटपिट गरेको आरोपमा लिसंखुपाखर गाउँपालिका-२ भलोटी बस्ने ८४ वर्षीय कर्मा ओङ्चु लामालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरी शुक्रबार पेमा र कर्माबीच झगडा हुँदा पेमा घ्याम्सो लामा सामान्य घाइते भई घरमै सुतेकोमा शनिबार दिउँसो सुतेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । उक्त घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कौर्यालय बाह्रविसे र प्रहरी चौकी लिशंखुबाट खटिएको प्रहरीले कर्मालाई पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्