Logo

प्रतिवेदन पढ्न दिएर सहमतिको खोजी



काठमाडौं, मंसिर २३ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेसँगै सचिवालयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन स्थायी समिति बैठकमा पेस भएको छ ।

दुवै अध्यक्षको प्रतिवेदन अध्ययन गर्न स्थायी समिति सदस्यलाई सात दिनको समय दिएर शीर्ष तहमा भने सहमतिको खोजी शुरु भएको छ ।

दोस्रो तहका नेताहरु पार्टीभित्र जारी आन्तरिक विवाद समाधान गर्न अध्यक्ष ओली–प्रचण्डबीचमा संवाद गराउने गृहकार्यमा जुटेका छन् । प्रतिवेदन अध्ययन गर्न सात दिनको समय दिएर यसबीचमा सहमतिको प्रयास अगाडि बढेको छ ।

स्थायी समिति बैठकमा अध्यक्ष ओली सहभागी नभए पनि पत्रमार्फत बैठकलाई सम्बोधन गरेसँगै बैठकले वैधानिकता पाइसकेको छ । यही मंसिर २८ गतेबाट स्थायी समिति बैठकमा नेताहरुले आ–आफ्नो धारणा राख्ने क्रम शुरु हुने आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्