काठमाडौं, २३ मंसिर । दैनिक राजावादीको प्रदर्शन र सडकमा प्रदर्शनकारी बढ्दै गएपछि सरकार गम्भीर भएको छ । प्रशासनले कोरोना भाइरसको जोखिममा जुलुस तथा सभा गरेमा कारबाही गर्ने चेतावनी दिएपछि संख्या घट्नुको साटो बढ्दै गएको छ । सरकारले बल प्रयोगले अवस्था झन् जटिल बन्ने बुझेर संयमता अपनाएको छ ।
राजावादीको बढ्दो सक्रियतालाई दृष्टिगत गरी प्रधानमन्त्री केपी शर्मा ओलीले भावी रणनीति तय गर्न खोजेका छन् । उनले कडा रणनीति बनाउन खोजेको बुझिएको छ । त्यसका लागि प्रमुख राजनीतिक दलका शिर्ष नेतासँग परामर्श गर्न लागेका छन् । उनले आज सर्वदलीय बैठक डाकेका छन् । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका शिर्ष नेताहरुलाई बोलाइएको छ । तर, राष्ट्रिय प्र्र्रजातन्त्र पार्टीलाई निम्तो छैन । राप्रपा राजसंस्था फर्काउने एजेन्डासहित सडकमा उत्रिएको छ ।-फाइल तस्बिर