काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली बीचमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति दायाँबायाँ । सिट यसरी मिलाइएको थियो ।
नेताहरुको वरियतालाई दृष्टिगत गरी नामसहित मेच र टेबुल मिलाइएको थियो । जहाँ आफ्नो नाम छ त्यहाँ नेताहरु बसेका थिए ।
पूर्व प्रधानमन्त्रीहरुमध्ये नेकपा नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल पनि पुगेका थिए । उनीहरु सँगै बसेका थिए । नेकपा उपाध्यक्ष बामदेव गौतम, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनि बैठकमा सहभागी थिए । नेकपा सचिवालय सदस्य इश्वर पोखरेल र महासचिव विष्णु पौडेल पनि बैठकमा थिए ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिहरु विमलेन्द्र निधि र विजयकुमार गच्छेदार, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, सहमहामन्त्री डा. प्रकाशशरण महत, पनि बैठकमा सहभागी थिए ।
राष्ट्रिय जनता पार्टीबाट अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव दुवैजना सहभागी थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिपक बोहरा पुगेका थिए । उनले राजसंस्था र हिन्दुराष्ट्रमा साझा सहमति बनाउन आग्रह गरेका थिए ।
नेपाल मजदूर किसान पार्टीबाट प्रेम सुवाल बैठकमा पुगेका थिए । बैठकमा प्रधानमन्त्रीले संविधानविरोधी र हिंसात्मक गतिविधि गर्नेविरुद्ध एकजुट हुन आग्रह गरेका थिए ।