Logo

सुदूरका हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना



काठमाडौं, मंसिर २४ । भारतको झारखण्ड र आसपासमा कायम रहेको न्युन चापिय प्रणालीको असरका कारण पछिल्लो समय देशभर चिसो बढेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा लुम्बिनी प्रदेशका पूर्वी भू-भाग तथा प्रदेश न २ लगायतका क्षेत्रमा आंशिक बदली रहेको छ ।दिउँसोसम्म प्रदेश न २का केहि भू-भागहरूमा आंशिकदेखि सामान्य बदलीसमेत हुने हुनसक्ने महाशाखाले जनाएको छ ।

त्यस्तै, रातीसम्म प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरू र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा हल्का हिमपातको हुन सक्ने सम्भावना रहेको छ।



प्रतिक्रिया दिनुहोस्