Logo

कोरोनाबाट एकैदिन १४ जनाको मृत्यु



काठमाडौं, २४ मंसिर । कोरोना संक्रमणबाट आज थप १४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १६५१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित १ हजार ५६ जना  थपिएका छन् । आज १ हजार ४ सय ८३ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म  २ लाख ४४ हजार ४ सय ३३ संक्रमित भएपनि २ लाख ३० हजार ५ सय ३७ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने १२ हजार २ सय ४५ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १८ लाख ५ हजार ९ सय ७२ जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको सख्या ५ सय २५ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्